scheduleसोमवार भाद्र २ गते, २०७६

गाँजा सेवन मानव स्वास्थ्यका लागि घातक : अनुसन्धान

काठमाडौं । गाँजा सेवन मानव स्वास्थ्यका लागि घातक हुने वैज्ञानिकले बताएका छन् ।

गाँजा सेवन गर्ने मानिसको उच्च रक्तचापबाट मृत्यु हुने संभावना सेवन नगर्ने मानिसको भन्दा ३ गुणा हुने वैज्ञानिकले बताएका हुन् । जर्जिया स्टेट युनिभर्सिटीका वैज्ञानिकले गरेको एक अध्ययनले यस्तो तथ्य पत्ता लगाउको हो ।

गाँजासँगै चुरोटपनि सेवन गर्ने हो भने यो संभावना अझ बढी हुने प्रमुख अनुसन्धानकर्ता बारबरा याङकीले बताइन् । ‘गाँजाले मानिसको स्नायु प्रणालीलाई संवेदनशील बनाउने गर्छ जसका कारण मुटुको धडकन बढ्ने, उच्च रक्तचाप बढ्ने र शरीरमा अक्सिजनको मात्रा कम हुने गर्छ’, उनले भने ।

यसभन्दा अघि गरिएका अध्ययनले गाँजा मानिसको स्वास्थ्यका लागि लाभदायक हुने देखाएको थियो । तर नयाँ अध्ययनले भने मानव स्नायुमा गाँजाले घातक असर पार्ने देखाएको छ । मानव स्नायूलाई चुरोटले भन्दा गाँजाले बढी असर पार्ने उक्त अध्ययनमा उल्लेख गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage