scheduleशनिवार श्रावण ४ गते, २०७६

विवाह अघि शारीरिक सम्बन्ध राख्नेलाई सार्वजनिक स्थानमा कोर्रा


इन्डोनेसिया, २१ फागुन । इन्डोनेसियामा विवाह अघिको शारिरिक सम्बन्ध अपराध मानिन्छ । आचेह प्रान्तमा शारीरिक सम्बन्ध कायम गरेको आरोपमा अविवाहित ६ जोडीलाई सार्वजनिक स्थानमा कोर्रा हानिएको छ ।

गत वर्ष एक होटलमा छापा मारेर नियन्त्रणमा लिइएका उनीहरुलाई सोमबार सार्वजनिक स्थलमा सजायँ दिइएको हो । समाचार एजेन्सीहरुका अनुसार सजाय पाउने दुई महिला कोर्राको पीडाले हिँड्नसमेत नसक्ने भएका थिए ।

सो प्रान्तमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु, जुवातास खेल्नु जघन्य अपराध मानिन्छ । विश्वमै धेरै मुस्लिम जनसंख्या भएको यो मुलुकको बन्दा आचेह प्रान्तमा भने मुस्लिम कानुन लागू गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob