scheduleमगलवार जेष्ठ ७ गते, २०७६

भावुक सम्बोधन गर्दै विद्याले भनिन्- रवीन्द्र स्मृति प्रतिष्ठान बनाउनुपर्छ कि ? (भिडियोसहित)

पोखरा, २१ फागुन । हेलिकप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले रवीन्द्र स्मृति प्रतिष्ठान बनाउन प्रस्ताव गरेकी छिन् ।

दिवंगत नेता अधिकारीको सात दिनमा सकिएको काजकिरियापछि आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो प्रस्ताव गरेकी हुन् । भट्टराईले ‘रवीन्द्र स्मृति प्रतिष्ठान’ बनाउने सोच परिवारले बनाएको उल्लेख गर्दै पार्टी र नेताहरुसँग सरसल्लाह गरेर बाँकी काम अगाडि बढाउने प्रतिवद्धता जनाइन् ।

उनले रवीन्द्रसँग विवाहपछि एकजनाले राजनीति गर्ने निर्णय गरेको स्मरण गर्दै आफूले काम गरेर रवीन्द्रलाई राजनीतिमा अगाडि बढाएको बताइन् ।

भावुक सम्बोधनको क्रममा उनले परिवारलाई परेको शोकको घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई आभार व्यक्त गरिन् । ‘हाम्रो परिवारप्रति हजुरहरुले गर्नुभएको जुन सम्मान छ, त्यसलाई भुल्यौं भने त्यो सायद अपुरो हुन्छ भन्ने लागेर असमर्थताका बाबजुत पनि यहाँहरुसामू उपस्थित भएको छु,’ उनले भनिन् । उनले परिवारले मात्रै नभएर सिंगो देशले रवीन्दरको अभाव व्यहोरेको महसुस भएको अनुभूति राखिन् । उनले भनिन्, ‘हाम्रो परिवारसँग देश छ, पार्टी छ र आम जनसमुदाय हुनुहुन्छ । त्यही ढाडसले गर्दा यहाँहरुको अगाडि उभिरहेको छु र बोलिरहेको छु ।’

पार्टीले रवीन्द्रको सपना र विचारलाई बोकेर अघि बढ्ने छ विश्वास दिलाएको उल्लेख गर्दै उनले भनिन्, ‘गुमेका कुराभन्दा पनि उहाँको विचार, अभिलाशा र उद्देश्यहरुलाई पुरा गर्न सिंगो पार्टी लाग्नेछ, सरकार लाग्नेछ’ उनले भनिन्, ‘परिवार त एउटा सानो इकाइ हो । हाम्रो साथ पार्टीलाई रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

हेर्नुहोस् भिडियो-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob