scheduleमगलवार जेष्ठ ७ गते, २०७६

श्रीकृष्णको ‘चट्ट रुमाल’लाई ‘यात्रा’को रिमेक, हेर्नुहोस् भिडियो


काठमाडौं, २१ फागुन । हामी सबैले सुनेको गीत हो ‘चट्ट रुमा क्या मालुम’ । झण्डै बीस बर्ष पुरानो उक्त सुपरहिट गीतको नयाँ भर्सन् सार्वजनिक भएको छ । ‘यात्रा’ चलचित्र टोलीले मंगलवार सार्वजनिक गीतको अडियो तथा भिडियोमा नयाँ पुस्ताका कलाकारहरुको अभिनय छ । चैत्र २९ गते रिलिज हुने ‘यात्रा’मा समावेश गरिएको यो गीतको भिडियोमा नायक सलिनमान बनिया, सलोन बस्ने, नायिका मलिका महत, प्रेक्षा बज्राचार्य लगायतका कलकारहरुले नृत्य गरेका छन् ।

धर्मेन्द्र सेवान र मेलिना राईले गाएको गीतको संगीतमा परिवर्तन नगरिए पनि रि-एरेन्ज भने गरिएको छ । गीतलाई राजन ईशानले एरेन्ज गरेका छन् भने प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । उक्त गीतको शब्द बाबुराम दाहालले लेखेका हुन् भने संगीत शम्भुजित बास्कोटाले दिएका छन् ।

सुरुको गीतमा गायिका साधना सरगमको साथमा संगीतकार बास्कोटाले आफैं स्वर दिएका थिए ।

हेर्नुहोस् नयाँ भर्सनको ‘चट्ट रुमाल क्या मालूम’को भिडियो-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob