scheduleआइतवार भाद्र ८ गते, २०७६

रावण मर्दैमा कथा सकिँदैन, हेर्नुहोस् ‘लभ स्टेशन’को ट्रेलर (भिडियो)


काठमाडौं, २१ फागुन । चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रमुख भूमिका रहेको उक्त चलचित्रको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

प्रदीप र जसिताको प्रेम सम्बन्धमा आउने उतारचढावलाई समेटिएको ट्रेलरमा रोचक संवादहरु समेटिएका छन् । चैत्र २२ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा प्रदीप गायकको भूमिका छन् भने जसिता दार्जिलिङकी एक आधुनिक युवतीको भूमिकामा । उनीहरुले यसअघि पनि स्क्रिन शेयर गरिसकेका छन् ।

भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेको उक्त चलचित्रका निर्माता गोविन्द शाही हुन् । चलचित्रमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय देख्न पाइनेछ । आलोच शुक्लाको छायांकन रहेको चलचित्र सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म रहेको निर्देशक घिमिरेले जानकारी दिए ।
चलचित्रमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage