scheduleआइतवार श्रावण ५ गते, २०७६

विप्लव समूहको ध्वंसात्मक गतिविधि छिट्टै नियन्त्रण गरिनेछः गृहमन्त्री


धनगढी, २२ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरिरहेको ध्वंसात्मक गतिविधि छिट्टै नियन्त्रण गरिने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुनेक्रममा धनगढी पुगेका गृहमन्त्री बादलले स्थानीय पत्रकारसँग विप्लव समूहको गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका हुन् । ‘केही समूहले योबीचमा केही विस्फोटन र ध्वंसात्मक गतिविधि गरेका छन्,’ विप्लव समूहले गरेको विष्फोटबारे सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै उनले भने, ‘यसबारे सरकार गम्भीर छ । यसलाई छिट्टै नियन्त्रण गरिनेछ ।’

गृहमन्त्री बादलले निर्मला पन्तको घटनाबारे अनुसन्धान चलिरहेको बताए । ‘यो प्रकरणमा सुरुमा केही निकायको लापारबाहीका कारण अन्यौलता पैदा भएको हो । अहिले अनुसन्धान जारी छ,’ उनले भने ।

संघीय प्रहरी, प्रदेश प्रहरी निर्माणसम्बन्धी कानुन संसदमा पुगिसकेको जानकारी दिँदै उक्त कानुन पास भएपछि स्थानीय तहको शान्ति सुरक्षा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob