scheduleआइतवार भाद्र ८ गते, २०७६

१३ वर्षपछि पक्राउ परे फरार अपराधी सिंह

दुल्लु, २२ फागुन । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ (साविकको कट्टी गाविस–२ सनी गाउँ) का ३८ वर्षीय टोपबहादुर सिंह रहेका छन् ।

सोहि ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा सिंहलाई जिल्ला अदालत दैलेखले २०६७ चैत २३ गते दोषी ठहर गरी २० वर्ष कैद सजायको फैसला गरेको थियो । मगरको २०६२ कात्तिक १८ गते हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले फरार सिंहलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरलले जानकारी दिए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage