scheduleशनिवार भाद्र ७ गते, २०७६

पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण एक साताका लागि स्थगित

काठमाडौँ, २३ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण एक साताका लागि स्थगित भएको छ । करिब डेढ महिनादेखि दमक बस्दै आउनुभएका ज्ञानेन्द्रको हिजो बुधबारदेखि हुने ५ दिन लामो धार्मिक भ्रमण स्थगित भएको हो ।

आमा एवम् पूर्वमुमा वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह अकस्मात् बिरामी परेपछि उहाँको भ्रमण एक साता पर धकेलिएको हो । नर्भिकमा भर्ना हुनुभएका ९१ वर्षीया रत्नको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ज्ञानेन्द्र हिजो बुधबार दिउँसो काठमाडौं फर्किनुभएको छ । विमानस्थलबाट उहाँ सिधै नर्भिक अस्पताल पुग्नुभएको हो ।

एक सातादेखि रुघा, खोकीलगायतका कारण अस्वस्थ रत्नको एन्टिबायोटिकका कारण पखाला लाग्ने र कमजोर भएपछि मंगलबार भर्ना गरिएको थियो । उहाँलाई खोकी लाग्ने, कफ आउन गाह्रो हुनेलगायत छातीमा देखिएको समस्याको कारण अस्पताल भर्ना गरिएको थियो ।   नेपाल समाचारपत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage