scheduleशुक्रवार चैत्र ८ गते, २०७५

राष्ट्रपतिले गरिन् विन्ध्यावासिनीमा लिफ्ट उद्घाटन


पोखरा, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गरेकी छिन् ।

मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा एक करोडको लागतमा सो लिफ्ट निर्माण गरिएको हो ।

एकपटकमा १२ जनासम्म चढ्ने ६० फिट अग्लो लिफ्टको भारवाहन क्षमता ६८० किलोग्राम रहेको छ ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरस्थित विन्ध्यवासिनी माता, गणेश र आराध्यदेव महादेवको दर्शन गरी पूजाआर्चना पनि गरिन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob