scheduleसोमवार चैत्र ११ गते, २०७५

चितुवाको आक्रमणबाट प्रहरी घाइते

लम्की, २३ फागुन । चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् । बिहिबार बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते भएका  हुन् ।

घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा चोट पुर्‍याएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob