scheduleशनिवार चैत्र ९ गते, २०७५

नाटकीय सहमति सकरात्मक छ, २ नं. बुँदा गलपासो नबनोस्ः डा. भट्टराई

काठमाडौं, २४ फागुन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सीके राउत र सरकारबीच भएको सहमतिलाई नाटकीयको संज्ञा दिएपनि सकरात्मक भनेका छन् ।

डा. भट्टराईले सहमतिको बुँदा नं. २ लाई गलपासो बन्न सक्ने भन्दै सरकारलाई सचेत गराएका छन् । शुक्रबार सरकार र राउतबीच सहमति भएपछि प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘अदालतले तारेखमा रिहाइ गरेको भोलिपल्ट भएको मधेसी पृथकवादी सीके राउत र पहाडी राष्ट्रवादी नेकपा सरकार बीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्छ ।’

उनी भन्छन्, ‘बरू २ नं. बुँदाको ‘असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान’ भनेको ‘जनमतसंग्रह’ हो कि के हो ? भोलि गलपासो बन्ला है ।’

के छ सहमतिको दोस्रो बुँदामा ?

सहमति नं. २. हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।

सीके राउतले पनि बुँदा नं. २ लाई जनमत संग्रहको रुपमा व्याख्या गरेका छन् । उनले फेसबुक पेजमा लेखेका छन्-

जनमत संग्रह गराउन सरकार सहमत 
स्वतन्त्र मधेश गठवन्धन को सवै मुद्दा फिर्ता हुने 
नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन सँग भएको वार्तामा नेपाल सरकार मधेशको माँग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत सँग्रह) को मार्फत पुरा गर्ने प्रतिवद्धता जनाएको छ। 
यसका साथै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्ता माथि लागेका सबै मुद्धाहरु फिर्ता हुने भएको छ। साथै स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यलय विभिन्न जिल्लमा खोलेर खुल्ला रुपले राजनिति गर्ने भएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob