scheduleशनिवार जेष्ठ ११ गते, २०७६

बसुन्धरामा व्यवसायीको घरमा बम विस्फोट


काठमाडौं, २४ फागुन । बसुन्धरामा शुक्रबार साँझ बम विस्फोट भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको हो । विस्फोटबाट गुरुङको कारमा पूर्ण रुपमा क्षति पुगेको र घरको झ्यालका सिसाहरु फुटेको बताइएको छ ।

घटनाबारे अहिले नेपाली सेनाले अध्ययन गरिरहेको छ । प्रहरीले सिलिन्डर पड्किएको नभेटिएकोले बम नै विस्फोट गरिएको हुनसक्ने जनाएको छ ।
एसएसपी श्याम ज्ञवालीले भने, ‘सेनाको टोलीले अनुसन्धान गरिरहेको छ। सिलिन्डर पड्किएको भेटिएन।’

विस्फोट लगत्तै लागेको आगोका कारण गुरुङको पार्किङ गरी राखेको कार पूर्णरुपमा क्षति भएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob