scheduleशुक्रवार माघ ३ गते, २०७६

विप्लव नेकपा आफै निष्तेज हुन्छः गृहमन्त्री बादल


सुर्खेत, २५ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा आफैं निष्तेज भएर जाने भविष्यवाणी गरेका छन् । उनले उक्त समूहलाई कानुनी प्रक्रियाबाटै निस्तेज पारिने बताए ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका गृहमन्त्री बादलले शनिबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै विप्लव समूह खासै ठूलो चुनौती नभएको पनि बताएका हुन् ।

कुनै समय विप्लवका नेता रहेका बादलले विप्लव समूहप्रति जनसमर्थन नरहेको जिकिर गरे । उनले भने, ‘हामीले हिजो उनीहरुका गतिविधिलाई उन्मुक्ति दिँदा हौसला बढेको मात्र हो, यो खासै ठूलो चुनौतीको विषय होइन ।’

सरकार विप्लवसँग वार्ता गर्न पनि तयार रहेको उल्लेख गर्दै उनले भने, ‘संविधान हातमा लिएर गतिविधि गरे कानुनी प्रक्रियाबाट निष्तेज पारिनेछ ।’ उनले नेपालमा युद्धको लागि वस्तुगत आधार नरहेको निष्कर्ष समेत सुनाए ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई राज्यसत्तामा रहेका समस्या समाधान भइसकेको अवस्थामा कसैले विद्रोह गर्छु भन्दैमा विद्रोह सफल नहुने मन्त्री बादलले बताए ।

IME Main Sidebar
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME Main Sidebar
default-addImage