scheduleआइतवार मंसिर १ गते, २०७६

घरमा सुत्केरी शून्य बनाउन रोल्पालीको अभियान


रोल्पा, २५ फागुन । रोल्पाको एक वडाले घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान थालनी गरेको छ ।

लुङ्ग्री गाउँपालिका–१ ले यस्तो अभियानको थालनी गरेको हो । अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने बताइएको छ । अभियानमा बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना पनि जोडिने स्वास्थ्य सहायक दामोदर सुवेदीले जानकारी दिए ।

आर्थिक वर्ष ०७०/०७१ मा सो वडाका पाँच जनाले मात्रै स्वास्थ्य संस्थामा प्रसूति गराएकोमा आर्थिक वर्ष ०७४/०७५ मा सो सङ्ख्या ८६ र चालू आवको हालसम्म ९७ पुगेको सुवेदीले जानकारी दिए । घरमा हुने सुत्केरीले सुरक्षित मातृत्वमा असर गरिरहेकाले स्वास्थ्य संस्थामा पुगेर गराउने प्रसूतिलाई अभियानको रुपमा थालनी गरेका उनको भनाइ थियो ।

अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लबलगायतले सहयोग गर्ने अपेक्षा गरेको वडाध्यक्ष मति पुनले बताए । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage