scheduleशुक्रवार आश्विन १ गते, २०७८

जनसभा सम्बोधन गर्न मधेस जाँदै ओली र प्रचण्ड

फाइल फोटो

रौतहट, २५ फागुन । पार्टी एकीकरणपछि पहिलो पटक नेकपाका दुवै अध्यक्षले मधेश पुगेर सम्बोधन गर्ने भएका छन् । पार्टी एककीरण, नेकपा र सरकारको सन्देश मधेशलाई दिनका लागि पहिलो पटक दुवै अध्यक्ष मधेसको जनसभामा उपस्थित हुने भएका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रौतहटमा आज हुने जनसभालाई सम्बोधन गर्नेछन् । रौतहटको गरुडामा हुने प्रदेशस्तरीय जनसभालाई दुवै अध्यक्षले सम्बोधन गर्न लागेको नेकपा प्रदेश नम्ब २ का अध्यक्ष प्रभु साहले जानकारी दिए । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले गर्ने सम्बोधनमा प्रदेश दुईका करिब एक लाख नागरिक सहभागी हुने जनाइएको छ ।

पृथकतावादी आन्दोलन गरिरहेका सीके राउतलाई मूलधारमा ल्याउन सफल भएको भन्दै प्रधानमन्त्री ओली उत्साहित छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय