scheduleआइतवार कार्तिक ३ गते, २०७६

इथियोपिया विमान दुर्घटनाः विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि (अपडेट)


अदिस अबाबा, २६ फागुन । इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् ।

इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच इथियोपियाको प्रधानमन्त्रीको कार्यालयले विमानमा परी मृत्यु भएका यात्रुका आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ । रासस/एएफपी

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage