scheduleमगलवार मंसिर ३ गते, २०७६

स्वतन्त्र मधेसको नाराबाजीबारे गृहमन्त्रीको जवाफ- कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएर हुनसक्छ


बुटवल, २७ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार जनकपुरमा भएका गतिविधिको बचाउ गरेका छन् । उनले डा. राउतले सरकारसँग भएको सहमतिलाई सम्प्रेषण गर्न नभ्याएकोले त्यस्तो भएको हुनसक्ने आंकलन सुनाए ।

प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सोमबार भैरहवा आएका गृहमन्त्री बादलले उनीहरुको त्यो अन्तिम विदाई कार्यक्रम हुनसक्ने बताएका हुन् ।

उनले भने, ‘सरकारसँग भएका सहमति कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएकाले त्यस्तो हुन गएको हुनसक्छ, त्यो अन्तिम बिदाईको कार्यक्रम हो ।’

आइतबार मधेसमा राउतको उपस्थितिमा सहमतिविपरित स्वतन्त्र मधेसको नारा लगाइएको थियो । गृहमन्त्री बादलले मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको बताए । उनले राउतसँगको सहमतिलाई सरकारको सफलताको रुपमा चित्रित गरे । ‘यो कुरा तपाईंहरुलाई जानकारी होस् कि राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने भएपनि संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्छ,’ उनले भने ।

उनले फरक प्रसंगमा विप्लव नेतृत्वको नेकपालाई पनि अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन आह्वान गरे । वार्तामा नआए सरकार कडारुपमा प्रस्तुत हुने उनले संकेत गरे । गृहमन्त्री बादलले भने, ‘राज्यविरोधी, संविधान विरोधी तत्वबाट शान्ति सुरक्षामा चुनौति दिन खोजिएको छ तर त्यस्ता तत्वलाई नियन्त्रण र निस्तेज गर्ने प्रकृया अघि बढाइसकेको छ ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage