scheduleमगलवार जेष्ठ ७ गते, २०७६

गाईको पुच्छरमा बाँधिएर घिस्रिँदा बालकको ज्यान गयो


उदयपुर, २७ फागुन । उदयपुरको कटारी नगरपालिका-८ थलीयाटारमा एक बालकको मृत्यू भएको छ । गाईको पुच्छरमा दाम्लोले बाँधिदा घिस्रिएर उनको ज्यान गएको हो ।

कटारी-८ का लिलबहादुर मगरका ५ वर्षीय छोरा आयुष मगरको गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अवस्थामा मृत्यू भएको प्रहरीले जनाएको छ ।

बालकको आफन्तले स्थानीय अर्का बालक १२ वर्षका दिवस मगरले बालकलाई गाईको पुच्छरमा बाँधिदिएको आरोप लगाएका छन् । पुच्छरमा बालक बाँधिएपछि आत्तिएको गाई दौडिँदा बालकको घिस्रिएर निधन भएको प्रहरीको अनुमान छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob