scheduleशुक्रवार चैत्र ८ गते, २०७५

शारदा नदीमा ट्र्याक्टर खस्यो, दुईजनाको मृत्यू


सल्यान, २८ फागुन । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकोमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको छ । दुर्घटनाको विषयमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob