scheduleआइतवार चैत्र १० गते, २०७५

१२ विद्यार्थीलाई पढाउँदै ४ शिक्षक


रौतहट, २८ फागुन । रौतहटको चन्द्रपुर–१० पडहरियामा रहेको जनप्रिय आधारभूत विद्यालयको एउटै कक्षा कोठामा चारवटा कक्षाका विद्यार्थीको अध्यापन हुने गरेको छ । कक्षा, २, ३, ४, ५, मा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १२ रहेको छ ।

एक प्राधानाध्यापकसहित चार जनाले पढाउने गरेका छन् । तीन जना शिक्षिका राहत कोटामा अध्यापन गर्दै आएका छन् । शैक्षिक शत्र प्रारम्भ भएको बखत सो बिद्यालयमा पाँच कक्षासम्म ६४ जना विद्यार्थी भर्ना भएको हाजिर रजिष्टरमा देखिएको छ ।

एउटै शिक्षकले एउटै कोठामा रहेको चार वटै कक्षाका विद्यार्थी पढाउने गरेका छन् । विद्यार्थी भर्ना भएको समयमा कक्षा २ मा ८ जना तर अध्ययन गर्न विद्यालयमा आउने २ जना मात्र छन् । कक्षा ३ मा ११ जना भर्ना भएकोमा अध्ययन गर्न आउने ३ जना, कक्षा ४ मा ७ जनामध्ये ४ जना र कक्षा ५ मा १० जना भर्ना भएकोमा विद्यालयमा ५ जना मात्र विद्यार्थी अध्ययन गर्न आउने गरेका पाइएको छ ।

विद्यालयमा बालविकास कक्षासमेत सञ्चालनमा रहेको छ । बालविकास कक्षामा १८ जना भर्ना गरिएकोमा ६ जनामात्र आउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद महतोले बिद्यार्थीलाई जतिसुकै आकर्षण गरिए पनि अध्ययन गर्न आउनेको सङ्ख्या थोरै भएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob