scheduleमगलवार जेष्ठ ७ गते, २०७६

महिला साफ च्याम्पियनसिपः नेपालको विजयी सुरुवात


काठमाडौं, २८ फागुन । महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा आजदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा कप्तान निरु थापा, साबित्रा भण्डारी र मन्जली योञ्जनले समान एक एक गोल गरे । विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा दुई गोल गरेको थियो ।

दोस्रो हाफको ५५औं मिनेटमा थप एक गोल गरेको थियो । त्यसपछिको समय पनि नेपालले लगातार दवाव बनाएपनि गोल गर्ने अवसरको सदुपयोग गर्न सकेन । समुह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल बंगलादेशसँग आगामी चैत २ मा खेल्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob