scheduleआइतवार चैत्र १० गते, २०७५

केही त्रुटि भए पनि पिएसएल राम्रो रह्योः सन्दीप लामिछाने


काठमाडौं, २८ फागुन । । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । उनी पकिस्तान सुपर लिग (पिएसएल) खेलेर आज स्वदेश फर्किएका हुन् । दिउँसो साढे चार बजे अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आईपुगेका उनले खेलमा केही त्रुटि रहेपनि समग्रमा प्रतियोगिता राम्रो रहेको अनुभव सुनाए ।

सन्दीपले खेलमा भएका आफ्ना त्रुटिहरुलाई सुधार गर्दै अघि बढ्ने बताए । केही दिन परिवार र साथीभाइसँग बिताएर आइपिएल खेल्न दिल्ली जाने उनले जानकारी पनि दिए ।

उनले पिएसएलमा सहभागिताबारे भने, ‘केहि खेलमा मैले गल्ती गरेको थिएँ । तर अब त्यसमा अड्किने भन्दापनि त्यसलाई सुधार गरेर अगाडि बढ्न जरुरी छ ।’ उनले तीन चार दिनपछि नै आइपिएल खेल्न दिल्ली जाने बताए । पीएसएलमा लाहोर कलन्दर्सबाट खेलेको उनले ७ खेलमा ११ विकेट हात पारेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob