scheduleशुक्रवार चैत्र ८ गते, २०७५

प्रतिनिधि सभा सांसद खगराज अधिकारीले विजयपुर पुलको निरीक्षण गरे

काठमाडौँ, २९ फागुन । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सांसद खगराज अधिकारीले विजयपुर पुलको निरीक्षण गरेका छन् । उनले पुलको तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अनावश्यक भार नदिन र वैकल्पिक वाटोको तुरुन्त व्यवस्था तत्काल गरियोस् ।’ उनले पुलका लागि आवश्यक काम कारबाही गर्न प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई आग्रह गरेका छन् ।

मंगलबार प्रदेश सांसद दिपक कोईराला, प्रमुख जिल्ला अधिकारी चक्रवहादुर बुढा, कास्की प्रहरी प्रमुख ओम वहादुर राना लगायतको टोली सहित विजयपुर पुगेका सांसद अधिकारीले चर्केको पुलको निरीक्षण समेत गरेकाछन् ।

‘पुल मर्मतका क्रममा जनताले सास्ती भोग्न नपरोस् यसका लागि प्रशासनले तत्काल बैकल्पिक व्यस्था गरिन ुपर्दछ’,सांसद अधिकारीले भने । सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले नेपालमा निमार्ण भएका स्टिल ब्रिजमा यस्तो समस्याआएको पहिलो पटक रहेको जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob