scheduleशनिवार जेष्ठ ११ गते, २०७६

म्याच प्रिभ्युः बार्यनको घरेलु मैदानमा जित निकाल्ने दाउमा लिभरपुल

काठमाडौँ, २९ फागुन । आज राति हुने च्याम्पियन्स लिगमा लिभरपुलले बार्यन म्युनिखको घरेलु मैदानमा आमने सामने गर्दैछ ।

अन्तिम १६ को दोस्रो लेगमा लिभरपुललाई जित्नै पर्ने दबाब रहेको छ भने घरेलु मैदानमा इज्जत जोगाउन भने पनि बार्यनलाई गर वा मरको अवस्था रहेको छ ।

यस सिजन उच्च लयमा रहेको लिभरपुल गएको सिजन च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो ।

यस सिजन च्याम्पियन्स लिग जित्ने उदेश्य बनाएको लिभरपुलले घरेलु मैदानमा बार्यनसँग गोलरहित बराबरी खेल खेलेको थियो । एकपछि अर्को खेलमा बार्यन पनि लयमा देखिएको छ ।

बार्यनको डिभेन्स लाइन चिर्न सकेमा लिभरपुलले जित हात पार्ने समिक्षकहरु बताउँछन् ।

पछिल्ला केही वर्षमा लिभरपुलले धेरै नै सुधार गरेका कारण च्याम्पियन्स लिगमा पनि त्यसको प्रभाव देखिने समिक्षकहरुको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob