scheduleशुक्रवार चैत्र ८ गते, २०७५

म्याच प्रिभ्युः कतै रियल मड्रिड झै बार्सिलोना पनि च्याम्पियन्स लिगबाट बाहिरिने त होइन

काठमाडौँ, २९ फागुन ।  बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा लियोन उच्च मनोबलका साथ खेल्ने अपेक्षा लिइएको छ ।

कतै बार्सिलोनाको पनि रियल मड्रिडको झै नियति हुने त होइन भन्ने अनुमान पनि गरिएको छ । बार्सिलोनाको डिफेन्स लाइनले गल्ती गरेमा महँगो पर्ने समीक्षकहरु बताउँछन् ।

बार्सिलोनाको घरेलु मैदानमा खेल्न त्यति सहज नहुने समिक्षकहरु बताउँछन् ।

यस सिजन उच्च फर्ममा रहेको बार्सिलोना तीनवटै उपाधि जित्ने दाउमा रहेको छ ।

लियोनलाई पराजित गर्न प्रशिक्षक भल्भडरले कुनै पनि कसर बाँकी नराख्ने समिक्षकहरु बताउँछन् ।

यस सिजन ला लिगामा पनि ७ अंकको अग्रता बनाएको बार्सिलोना च्याम्पियन्स लिगमा पनि उत्कृष्ट खेल देखाउने रणनीतिमा रहेको छ ।

बार्सिलोनाको डिफेन्स लाइनमा पनि सुधार आएको समीक्षकहरु बताउँछन् ।

लियोनको काउन्टर खेललाई कसरी मात दिनेछ त्यो भने चासोको विषय भएको छ । यस सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाउन खेलाडीहरु नै उच्च मनोबलमा तयार रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob