scheduleशुक्रवार चैत्र ८ गते, २०७५

जापानमा रोजगारीका लागि सहमति जुट्यो, अप्रिलबाट प्रक्रिया थालनी


काठमाडौं, २९ फागुन । नेपाली कामदार जापान पठाउनका लागि नेपाल र जापानबीच समझदारी बनेको छ । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा समझदारी जुटेको हो ।

सहमतिभएको एमओसीलाई दुवै देशको मन्त्रिपरिषद् बैठकमा पेश गरेर पास गरिने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । उक्त एमओसीलाई मार्च महिनाभित्रै हस्ताक्षर गरिनेछ भने अप्रिलसम्ममा प्रक्रिया थालनी गरिसकिने जनाइएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार एक हप्ताभित्रै दुबै देशका सरकारले एमओसी पारित गर्नसक्ने र लगत्तै हस्ताक्षरको मिति पनि तय हुनेछ । कामदार आपूर्तिका लागि दक्षिण कोरियामा जस्तै सरकारी संयन्त्र नै खडा गर्ने नेपाली प्रस्तावमा जापान सरकार पनि सहमत भएको छ । उक्त स‌ंयन्त्रले कामदार छनौटको विधि बनाउनेछ ।

एमओसीमा कामदार लैजाने विधि, प्रक्रिया, लागत, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयहरु उल्लेख छन् । यो समझदारीमा हस्ताक्षर भएलगत्तै वैधानिकरुपमा जापान अन्तर्राष्ट्रिय मान्यताअनुरुप नेपाली कामदारको आपूर्ति र कानुनी व्यवहार गर्न सहमत भएको मानिने छ ।

प्रक्रिया सुरु भएसँगै भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको थालनी गरिने बताइएको छ । यस्तो प्रक्रिया अगाडि बढेपछि बिचौलियाहरुको हालीमुहाली हुनेछैन भने शून्य लागतमै नेपाली कामदार जापान जान पाउने छन् ।

यो समझदारी भएसँगै जापानले विदेशी कामदार भित्र्याउने नयाँ नीति कार्यान्वयनका लागि २२.४ अर्ब युआन र जापानी भाषा सिकाउन मात्रै ६० करोड युआन खर्च गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob