scheduleमगलवार जेष्ठ ७ गते, २०७६

विदेशिएका युवाहरुलाई स्वदेशी ‘निरमाया’को पिरमाया (भिडियो)


नागोया, २९ फागुन । विदेशिएका ५० लाखभन्दा बढी युवाहरु आफ्नो प्रेमिका/जीवनसंगिनीहरुलाई स्वदेश छाडेर गएका छन् । विदेशमा रहँदा निरमायाको पिरले नसताउने कुरा नै भएन ।

नेपालमा स‌गीत क्षेत्र र पत्रकारितालाई कर्मक्षेत्र बनाएका श्याम सितल अहिले जापानमा छन् । उनको गीत ‘निरमाया’बोलको गीतमा अष्ट्रेलियामा रहेको चर्चित डान्स ग्रुप द नेक्स्ट टिमले भिडियो निर्माण गरेको छ । शनिबार सार्वजनिक भएको भिडियोले युट्युब र सामाजिक सञ्जालहरुमा चर्चा बटुलिरहेको छ ।

श्याम सितलकै शब्द, संगीत र स्वर रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । लोकदोहोरी र अन्य विधामा समेत उत्तिकै क्षमता राख्ने गायक सितलको दर्जनौं गीतहरु बजारमा आइसकेका छन् ।

सामुदायिक रेडियोहरुलाई लामो समय कर्मक्षेत्र बनाएका गायक सितल डेढ दशकदेखि गायन क्षेत्रमा रमाइरहेका छन् । उनका ‘तिमीले मलाई माया गर्दा कसैको मन रुन्छ भने’, ‘तिमीलाई सम्झेर कति रात काटिसकेँ’, ‘मट्टीतेल र सलाई’ जस्ता चर्तित गीत बजारमा चर्चित छन् भने केही आधुनिक गीतहरु समेत चर्चामा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob