scheduleशुक्रवार चैत्र ८ गते, २०७५

टर्की पठाउँछु भन्दै ७० जना ठग्ने राजन प्रहरी खोरमा


काठमाडौं, २९ फागुन । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं बसुन्धरास्थित डेल्टा म्यानपावरका संचालक सिन्धुपाल्चोक घर भएका राजन केसीलाई बानेश्वरबाट मंगलबार साँझ पक्राउ गरेको हो । राजनले तुर्की देश पठाईदिन्छु भनी करिब ७० जनासँग प्रतिव्यक्ति ४ लाखका दरले पैसा उठाई हालसम्म विदेश नपठाएको उजुरी परेको थियो । प्रहरीले अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।

पीडितहरुले राजनलाई बानेश्वरबाट नियन्त्रणमा लिएकोमा बैदेशिक रोजगार विभागले आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा पठाएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob