scheduleबिहिवार भाद्र ५ गते, २०७६

नेतन्याहु ‘निरङ्कुश’ तथा ‘बालबालिकाको हत्यारा’ : एर्दोगान

इस्तानबुल, टर्की, २९ फागुन । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुलाई निरङ्कुश शासकको संज्ञा दिँदै उहाँले प्यालेष्टिनी बालबालिकाको सामुहिक हत्या गरेको आरोप बुधबार लगाएका  छन् ।

पछिल्लो केही दिन यता इजरायली प्रधानमन्त्री र टर्कीका राष्ट्रपति एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

एर्दोगानले टर्कीको इस्तानबुलमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै भने, ‘हे नेतन्याहु , तिमी आफैमा भरोसा गर । तिमी एक निरङ्कुश हौ जसले सातबर्षे साना बालबालिकाको सामुहिक हत्या गरेको छ ।’

यस पहिले इजरायली नेता नेतन्याहुले एर्दोगानलाई ‘तानाशाह’ को संज्ञा दिएका थिए । टर्की र इजरायलबीच पछिल्लो केही महिना यता सम्बन्ध थप विग्रिएको छ । एर्दोगानले इजरायली नेता नेतन्याहुलाई प्यालेष्टिनी समस्याको कारकका रूपमा चित्रण गर्दै आएका  छन् भने उनले इजरायली नीतिको खुलारूपमा आलोचना गर्दै आएका छन् । रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage