scheduleशुक्रवार भाद्र ६ गते, २०७६

हतपतमा लतपत भयो ‘ए मेरो हजुर-३’, काउण्ट-डाउन सकियो तर गीत आएन

काठमाडौं, २९ फागुन । नेपालीमा उखान छ- हतपतको काम लतपत । यसको अर्थ हो- हतारमा काम सक्न खोज्दा नतिजा बिग्रन्छ । अहिले यस्तै भएको चलचित्र ‘ए मेरो हजुर-३’ युनिटलाई ।

चर्चित नायक अनमोल केसीको प्रमुख भूमिका रहको फिल्म ‘ए मेरो हजुर ३’ ले छायांकन अगावै प्रदर्शन मिति घोषणा गरेको थियो । दोस्रो पटक निर्देशन गर्न लागेकी अभिनेत्री झरना थापाले फिल्मको रिलिज क्यालेन्डर यस वर्षको अन्तिम अर्थात् चैत्र २९ गतेलाई रोजिन् । चैत्र २९ त आउन बाँकी नै छ, त्यसैले त्यो दिन फिल्म आउँछ कि आउँदैन ? जवाफको लागि कुर्नै पर्ने हुन्छ । तर, चलचित्रको पहिलो गीत रिलिजमा भएको ढिलाईले भने चैत्र २९ गते चलचित्र बनिसक्नेमा नै आशंका गर्न थालिएको छ ।

आफ्नो छोरी सुहाना थापाले डेब्यू रहेको फिल्मको पहिलो गीतको रिलिजका लागि निर्देशक झरना थापाले काउण्ट-डाउन सुरु गर्दै फागुन २९ गते बुधबारका लागि समय दिएका थिए । तर, गीतको छायांकन नै नसकिएकोले उनले चलचित्रको पहिलो गीत वाचा गरेको समयमा रिलिज गर्न सकिनन् ।

चलचित्र युनिटका सदस्यहरुले आज रिलिज गर्ने भनिएको पहिलो गीतको छायांकन स्थलबाट तस्बिरहर पोस्ट गरिरहेका छन् । यसको अर्थ स्पष्ट छ, फिल्मको छायांकन नै सकिएको छैन ।

चलचित्र युनिटको यस्तो हतपतको शिकार हुने भएका छन् नायक अनमोल केसी । पछिल्ला चलचित्रहरु ओरालो लाग्ने क्रम बढिरहेको बेला चलचित्र छायांकन सकिने सम्भावना कमजोर बन्दै गइरहेको छ । यस्तो बेला रिलिज मिति तय गर्दा हतपतको काम लतपत हुनसक्ने सम्भावना हुनु स्वभाविकै हो ।

चलिचत्र क्याप्टेनमा त्रुटि नै त्रुटि भेटिएपछि आलोचनाको शिकार बनेका अनमोल आउँदो चलचित्रको पनि उस्तै ताल भएपछि चिन्ता बढ्न सक्छ । त्यसो त, कतिपयले यसलाई चर्चाको शिखरमा हुँदा वर्षमा एउटा मात्र फिल्म खेल्ने बताएका उनी अहिले हतार हतारमा नयाँ नयाँ चलचित्र साइन गर्दै हिड्न थाल्नुको परिणामको रुपमा लिएका छन् । चलचित्र ड्रिम्समा उत्कर्षमा पुगेका अनमोल चलचित्र गाजुलु, क्री र क्याप्टेनसम्म आउँदा ग्राफ क्रमिकरुपमा घटिरहेको चलचित्र समिक्षकले बताउन थालेका छन् ।

चलचित्र ‘ ए मेरो हजुर ३’ को छायाकनको लागि सोलुख्बुको गोकियो लेकतर्फ जाँदै अनमोल र सुहाना ।

असोज ५ गतेबाट छायांकन सुरु भएको चलचित्रको निर्माता सुहानाको पिता र झरनाको पति सुनिल कुमार थापा रहेका छन् । गएको वर्ष प्रदर्शनमा आएको ‘ए मेरो हजुर’को दोस्रो सिरिज बक्स अफिसमा सुपरहिट भएको थियो । त्यतिबेला जमेको जोडी अभिनेता सलिनमान बनियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नै तेस्रो सिरिजमा पनि दोहोरिने चर्चा थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage