scheduleशनिवार जेष्ठ ११ गते, २०७६

च्याम्पियन्स लिगबाट बार्यन म्युनिख बाहिरियो

काठमाडौँ, ३० फागुन । गएराति भएको च्याम्पियन्स लिगमा लिभरपुलले बार्यन म्युनिखलाई उसकै घरेलु मैदानमा पराजित गर्दै अन्तिम ८ मा प्रवेश गर्न सफल भएको छ ।

अन्तिम १६ को दोस्रो लेगमा लिभरपुलले बार्यन म्युनिखलाई ३–१ गोलले पराजित भएको हो ।
पहिलो लिगमा गोलरहित बराबरी खेल खेलपनि दोस्रो खेलमा लिभरपुलले उत्कृष्ट खेल खेल्दै बार्यनलाई पाखा लगाएको हो ।

लिभरपुलका लागि साडियो मानेले खेलको २६ औ मिनेटमा गोल गरेका थिए । तर, खेलको ३९ औ जोए माटिपले आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो । दोस्रो हाफमा लिभरपुलले सम्हालिएको खेल खेल्यो ।

खेलको ६९ औ मिनेटमा भर्जिल भान डेजकले गोल गर्दै लिभरपुललाई पुन अग्रता दिलाए । खेल सकिन ६ मिनेट अगाडी मानेले व्यक्तिगत दोस्रो गोल गरे । यस सिजन उच्च फर्ममा रहेका मानेले एकपछि अर्को खेलमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् ।
यो जितसँगै प्रिमियर लिगमा चार क्लबले १० वर्षपछि अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob