scheduleआइतवार जेष्ठ १२ गते, २०७६

बार्सिलोनाको सानदार जित, लियोन पनि च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ, ३० फागुन । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा बार्सिलोनाले लियोनलाई ५–१ गोलले पराजित गरेको छ ।
यो जितसँगै बार्सिलोनाले क्वाटरफाइनलको यात्रा तय गरेको छ । यस सिजन क्वाटर फाइनलको यात्रा तय गर्ने एकमात्र टोली बार्सिलोना भएको छ ।

पहिलो लेगको खेलमा लियोनले बार्सिलोनालाई गोलरहित बराबराीमा रोक्न सफल भएको थियो । तर, बार्सिलोनाको घरेलु मैदानमा लियोन कमजोर साबित बन्यो ।

खेलको १७ औ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ३१ औँ मिनेटमा काउटिन्होले बार्साका लागि गोल गरे ।

तर, खेलको ५८ औँ मिनेटमा टुसार्टले लियोनका लागि गोल गरे । खेलमा फर्कने आशा जीवितै उनले राखे । तर, बार्सिलोनाले लियोनलाई रोक्न सफल भयो भने त्यसपछि लगातार तीन गोल गर्न सफल भयो ।

मेस्सीले ७८ औ मिनेटमा गोल गरे । खेलको ८१ औ पिकेले बार्सिलोनाका लागि चौथो गोल गरे । खेल सकिन ४ मिनेट अगाडी डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob