scheduleआइतवार जेष्ठ १२ गते, २०७६

फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परे

काठमाडौँ, ३० फागुन । विश्वकै सबैभन्दा ठुलो नेटवर्क बनाएको फेसबुकका सेवाहरूमा एकाएक समस्याहरु देखिएका छन् । विश्वभर नै फेसबुकमा समस्याहरु देखिएका हुन् । मिडिया रिपोर्टका अनुसार यो हालसम्मकै खराब समस्या फेसबुकले सामना गरेको हो ।

बिबिसी मिडियाका अनुसार नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको थियो ।

मिडिया रिपोर्टका अनुसार फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक गरिएको छैन।

फेसबुकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob