scheduleशनिवार चैत्र ९ गते, २०७५

‘रोनाल्डोको ह्याट्रिकको जबाफ मेस्सीले दिए’

काठमाडौँ, ३० फागुन । गएराति भएको च्याम्पियन्स लिगमा लियोनविरुद्ध बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई गोल गरे भने दुई गोलका लागि एसिस्ट पनि गरे ।

फुटबल समिक्षकहरुले युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको तारिफ भइरहँदा मेस्सीले कडा जबाफ दिएको बताएका छन् ।

एट्लेटिको विरुद्ध ह्याट्रिक गरेका रोनाल्डोलाई मेस्सीले कडा चुनौती दिएको मानिएको छ ।

करिब एक दशकदेखि यी दुई खेलाडीबीच प्रतिस्पर्धा हुँदै आइरहेको छ ।

उनीहरुको पक्षमा कतिले राम्रो बोलेका छन् भने कतिले तुलना गर्न मानेका छैनन् ।

च्याम्पियन्स लिगमा यी दुई खेलाडीले गरेको प्रतिस्पर्धालाई लिएर फेरि एकपटक तुलना हुन थालेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob