scheduleशनिवार चैत्र ९ गते, २०७५

‘प्रेम दिवस’ पछि सर्दा ‘वीर विक्रम २’ लाई राहत


काठमाडौं, ३० फागुन । एउटै वितरण कम्पनी छानेका दुई चलचित्रले रिलिजको मिति एउटै बनाएका थिए । चलचित्रहरु हुन् ‘वीर विक्रम २’ र ‘प्रेम दिवस’ र मिति हो ३ गते ।

रिलिज मिति एउटै हुँदा पर्न सक्ने जोखिमका कारण दुवै चलचित्र युनिट हच्किएका छन् र अन्ततः ‘प्रेम दिवस’ले जेठ ३ गतेभन्दा दुई हप्ता पछिको लागि रिलिज मिति सारेको छ ।

मिलन चाम्सको निर्देशनमा बनेको ‘वीर विक्रम २’ भने जेठ ३ गते नै चल्ने वितरक कम्पनी एफडीका प्रबन्ध निर्देशक सुशील पोखरेलले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उक्त चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन लगायतको मुख्य भूमिका छ ।

‘प्रेम दिवस’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलको मुख्य भूमिका छ भने चलचित्रको निर्देशन योगेश घिमिरेले गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob