scheduleमगलवार जेष्ठ ७ गते, २०७६

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार पदमुक्त

काठमाडौं, ३० फागुन । सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदमुक्त गरेको छ ।

प्रतिष्ठानका सहकुलपति एवंम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसमा कुलपति एवंम् प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई हटाउने निर्णय गरेका हुन्।

बालुवाटारमा  फागुन १६ र १७ गते बसेको प्रतिष्ठानको संचालक समितिको बैठकले उपकुलपति  रौनियारलाई हटाउने निर्णय सिफारिस  गरेको थियो।

सोही निर्णयको आधारमा स्वास्थ्य मन्त्री यादवले रौनियारलाई हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। सोहि सिफारिसका आधारमा  प्रधानमन्त्रीओलीले रौनियारलाई पदमुक्त गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob