scheduleशनिवार जेष्ठ ११ गते, २०७६

बन्दको प्रभाव : पश्चिम नवलपरासीमा दुई ट्रक जले

नवलपरासी, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको प्रभाव पश्चिम नवलपरासीमा पनि परेको छ ।

पूर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन खासै चलेका छैनन् । बन्दको प्रभाव राजमार्ग क्षेत्रमा बढी मात्रामा रहेको पाइन्छ । यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ तुलसीपुर चोकमा रोकी राखिएको दुई ट्रकमा आगजनी भएपछि बन्दको प्रभाव झन बढी देखिएको हो ।

राति १ बजेको समयमा ना ५ ख ७८४१ र ना ४ ख ६८२५ नम्बरको ट्रकमा अज्ञात समूहले आगो लगाउँदा दुवै ट्रकको पछिल्लो दुई चक्का अर्ध जलेको प्रहरीले जनाएको छ ।

दुवै ट्रकमा लागेको आगो समयमै निभाएर ट्रकलाई पुर्ण क्षति हुनबाट जोगाइएको छ । ट्रकमा आगजनीको जिम्मा अहिलेसम्म कुनै समूहले नलिएकाले ट्रकमा आगो लगाउने समुह अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob