scheduleशुक्रवार चैत्र ८ गते, २०७५

चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश, डाइनामो किभविरुद्ध जिरोर्डको ह्याट्रिक

काठमाडौँ, १ चैत । गएराति भएको युरोपा लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले डाइनामो किभलाई ५-० गोलले पराजित गरेको छ ।

समग्रमा ८-० गोलको जित निकाल्दै चेल्सीले क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

चेल्सीको जितमा ओलिभर जिराेर्डले ह्याट्रिक गरे । उनले खेलको ५ औँ, ३३ औँ र ५९ औँ मिनेटमा गोल गरेका थिए ।

मार्कोस एलोन्सो र क्यालम हुडसनले चेल्सीका लागि एकएक गोल गरे । यस सिजन युरोपा लिग उपाधिका लागि चेल्सी दाबेदार मानिएको छ ।

सानदार जित हात पारेको चेल्सीले सहजै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob