scheduleशनिवार चैत्र ९ गते, २०७५

छाेराकाे बिहेमा काठमाडाैंसम्म प्लेन चार्टर

काठमाडौँ, १ चैत । सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ ।

आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् ।

तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन तार्टर गरेका छन् ।

धनकुटा महालक्ष्मी नगरपालिका, ८ मूर्तिढुङ्गाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुई वटा प्लेन चार्टर गरेका हुन् ।

दिनेशले काठमाडौं ठमेलकी प्रज्ञा सुवेदीसँग बिहे गर्दा विराटनगरबाट काठमाडौंसम्म सीता र बुद्ध एयरका दुई विमान चार्टर गरेका हुन् । २९ फागुनमा सम्पन्न उनको बिहेमा ७१ जना जन्ती काठमाडौं आएका थिए ।

धनकुटाबाट विराटनगरसम्म बस र विराटनगरबाट काठमाडौंसम्म प्लेनमा जाँदा आउँदा सात लाख ५० हजार रुपैयाँ खर्च भएको दिनेशका बाबु नगेन्द्रले जानकारी दिए । नयाँपत्रिकामा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob