scheduleआइतवार चैत्र १० गते, २०७५

त्रिवि आंगिक कलेजमा ३३ प्रतिशत महिला प्रमुख हुनुपर्ने माग गर्दै तालाबन्दी

काठमाडौँ, १ चैत ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै त्रिविका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

बागबजारस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका उनीहरुले देशभरका ६१ मध्य २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । पटक पटक महिला प्रमुखको माग गर्दै आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले त्रिविका पदाधिकारीले आफूहरुको मागको सुनुवाई नगरेको आरोप लगाउँदै ५ दिनअघि त्रिवि उपकुलपति प्राडा तीर्थराज खनियाँ र हिजो बिहीबारबाट रेक्टर प्राडा सुधा त्रिपाठी र रजिष्टार प्रा डिल्लीराम उप्रेतीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

महिला शिक्षकको आन्दोलनको कारण हिजो बिहीबार पदमकन्यामा तोकिएको परीक्षा केन्द्रसमेत परिवर्तन गरेको छ । त्रिविले पद्मकन्या क्याम्पसमा महिला प्रमुख नबनाएको झोकमा आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले ३३ प्रतिशत आंगिक क्याम्पसमा महिला प्रमुख नियुक्ती नगरे विद्यार्थीसहित आमरण अनुसन बस्ने चेतावनी दिएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob