scheduleशनिवार जेष्ठ ११ गते, २०७६

‘मेरो पुर्व श्रीमान बार्सिलोनाबाट खेलेको हेर्ने इच्छा छ’

काठमाडौँ, १ चैत । रियल मड्रिडले कुनै समय सर्वाधिक चर्चित खेलाडी हामेश रोद्रिगेजलाई ठुलै धनराशि खर्चिएर अनुबन्ध गरेको थियो । केही समय उनले राम्रै खेल खेले पनि ।

तर, क्लबमा प्रशिक्षकहरुको परिवर्तनसँगै उनी रोजाईमा पर्न छोडे । प्रशिक्षक जिनेदान जिदान आएपछि उनले खेल्ने मौका अति नै कम पाए ।

खेल्ने अवसर नपाएपछि उनी जर्मन क्लब बार्यन म्युनिख लोनमा गए । उनको यो सम्झौता यस सिजन सकिँदैछ । बार्यनमा पनि उनले सोचे जस्तो खेल प्रदर्शन गर्न सकेनन् ।

उनी यस सिजनको अन्त्यमा रियल फर्किदैृछन् । तर, जिदान पनि रियल फर्किएका कारण उनको भविष्य थप अन्यौल बनेको छ ।

उनकी पुर्व श्रीमति ड्यानिला ओसपिनाले हामेश बार्सिलोनामा फिट हुने खेलाडी भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘म मेरो पुर्व श्रीमान बार्सिलोनाबाट खेलेको हेर्न चाहन्छु । बार्सिलोनाको खेल्ने शैलीमा उनी फिट हुन्छन् ।’

उनले रियलसँग रिसाउनु पर्ने कारण नरहेको तर खेल्ने मौका नदिदाँ दुःख लागेको बताएकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob