scheduleशनिवार चैत्र ९ गते, २०७५

आमाले बयान फेरेपछि निर्मला प्रकरण नयाँ मोडमा, प्रहरी अलमलमा

काठमाडौँ, १ चैत ।  निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धान प्रहरीले एकपछि अर्को गर्दै फरक फरक पाटोबाट अगाडि बढाइरहेको बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ ।
प्रहरीले हतयामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयम् निर्मलाकी आमा दुर्गाेदेवी पन्तको अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेको छ ।
एकाएक निर्मलाकी आमा दुर्गादेवीले सुरुमै हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिलीपसिंह विष्टमाथि नै शंका गरेपछि प्रहरी फेरि अलमलमा परेको हो ।
निर्मलाकी आमाले केही दिनअघिको बयानमा दिलीपमाथि नै निर्मलाको हत्यामा संलग्न हुन सक्ने भन्दै बयान फेरेकी थिइन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob