scheduleशनिवार चैत्र ९ गते, २०७५

‘जिदान आएपछि रियलमा उत्साह बढेको छ’

काठमाडौँ, १ चैत । रियल मड्रिडमा प्रशिक्षकको जिम्मेवारी पुनः सम्हालेका जिनेदान जिदानप्रति स्टार खेलाडी इस्कोले प्रतिक्रिया दिएका छन् ।

जिदानको पुनरागमनसँगै रियलमा खुसीयाली छाएको उनले बताए ।

उनले भनेका छन्,’जिदान फर्किएसँगै रियलले उपाधिका लागि पुनः प्रतिस्पर्धा गर्ने बाटाहरु खुलेका छन् ।’

रियललाई लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि जिताएका जिदानप्रति रियलका खेलाडीहरुको पुर्ण विश्वास रहेको उनले बताएका छन् ।

रियलले यस सिजन ठुलो समस्या भोगेको र जिदानको आगमनसँगै ती समस्याहरु हराएर जाने उनको विश्वास रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob