scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

पूर्वमन्त्री डङ्गोललाई मातृशोक

काठमाडौँ, १ चैत । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री तीर्थराम डङ्गोललाई मातृशोक परेको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँका पूर्वसभापतिसमेत रहेका नेता डङ्गोलकी आमा नानीमैंजु डङ्गोलको बिहीबार राति ९८ वर्षको उमेरमा आफ्नै निवास कुलेश्वरमा निधन भएको नेपाली काङ्ग्रेस काठमाडौँका नेता गणेश रिजालले जानकारी दिए ।

स्व डङ्गोलको शुक्रबार टेकुस्थित दोभानमा अन्त्येष्टि गरिएको छ । स्व डङ्गोलका तीन छोरा र एक छोरी छन्, जसमध्ये नेता डङ्गोल जेठो छोरा हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob