scheduleशनिवार चैत्र ९ गते, २०७५

गाउँपालिका सदस्यहरुद्वारा गाउँसभा बहिष्कार

सिमकोट, १ चैत । सिमकोट गाउँपालिकाका सदस्यहरुले गाउँसभा बहिस्कार गरेका छन् । मनपरी ढंगले विकासका बजेट बिनियोजन गरिएको भन्दै उनीहरुले गाउँसभा बहिस्कार गरेका हुन् । विकास निर्माणको योजना आफ्ना आफन्तलाई पार्ने गरेको पनि उनीहरुले आरोप लगाएका छन् ।

औपचारिकता निभाउन र कुनै एजेन्डा माथि छलफल बिनै गाउँसभा सञ्चालन हुने देखिएपछि २४ जना सदस्यले सभा बहिष्कार गरेको सिमकोट पाँचका वडासदस्य कर्ण भण्डारीले बताए । नीति, नियम बनाउने सभाका सदस्यहरु संग छलफल नै नहुने र मात्रै साक्षी राखिने गरेकाले सभा बहिष्कार गरिएको उनले बताए ।

छलफल बिनै सभाका निर्णयमा हस्ताक्षर गर्नुपर्ने भएकाले सभा बहिष्कार गरिएको सिमकोट वडा नम्बर ७ का सदस्य कृष्णबहादुर शाहीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob