scheduleमगलवार जेष्ठ ७ गते, २०७६

महाशिलामा सुरु भयो बाँदर समात्ने दोस्रो अभियान

पर्वत, १ चैत । पर्वतको महाशिला गाउँपालिकामा बाँदर नियन्त्रणका लागि दोस्रो चरणको अभियान शुरु भएको छ । पहिलो चरणमा तीनसय बाँदर निकुञ्जमा पठाएको गाउँपालिकाले दोस्रो चरणको अभियान बिहिबारबाट शुरु गरेको हो ।

गाउँमा अझै बाँदर रहेकाले दोस्रो चरणमा बाँदर समात्न शुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष राजु पौडेलले अघिल्लो चरणमा तीनवटा वडामा बाँदर समात्ने कार्यक्रम रहेको यो चरणमा तीनवटा वडामा बाँदर समात्ने कार्यक्रम रहेको बताए ।
गतवर्ष तीनसय ३० बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा पठाईएको थियो । गाउँपालिकाले दोस्रो चरणमा बाँदर समात्ने अभियानका लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । अघिल्लो चरणमा १० लाख बजेट सकिएको थियो । गाउँपालिकाले पहिलो चरणमा भारतीय कामदार मगाएर बाँदर समातेको थियो ।

अहिले चौथो गाउँसभाले गरेको निर्णय अनुसार दोस्रो चरणमा बाँदर समात्ने कार्यक्रम शुरु भएको प्रवक्ता जीवन उचै ठकुरीले बताए । महाशिलाले छिमेकी जिल्ला र गाउँबाट बाँदर आउने समस्या रहेको जनाएको छ । महाशिला २ का वडाध्यक्ष विष्णुबहादुर रानाले अन्य गाउँपालिका र नगरपालिकामा पनि बाँदर नियन्त्रण गर्ने अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताए ।

हिजोमात्रै २१ वटा बाँदर नियन्त्रणमा लिइएको अध्यक्ष रानाले जानकारी दिए । पालिका अन्तर्गत भोक्सिङ, लुंखु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकोमा अहिले धेरै कम भएको स्थानीयले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob