scheduleशनिवार चैत्र ९ गते, २०७५

इतिहासले दुवै नेकपालाई गलत सावित गरिसकेको छः डा. भट्टराई


काठमाडौं, १ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ र विद्रोही दुवै शक्तिलाई इतिहासले गलत सावित गरिसकेको जिकिर गरेका छन् ।

ओली-दाहाल नेतृत्वको सत्तारुढ नेकपालाई स‌ंसदीय कम्युनिष्ट र विप्लव नेतृत्वको नेकपालाई उग्रपन्थी कम्युनिष्टको संज्ञा दिँदै नेता भट्टराईले यस्तो जिकिर गरेका हुन् ।
विद्रोही नेकपालाई प्रतिबन्ध गर्नुको पछाडि प्रचण्डले आफ्नो हत्या प्रयास गरेको आरोप लगाएपछि भट्टराईले ट्विटरमार्फत् भनेका छन्, पूर्व क. प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीत आरोप लगाइरहनुभएको छ ।’ कुनै एक गलत कामको जवाफ गलत कामले नै दिनु पनि गलत नै हुने डा. भट्टराईको तर्क छ । उनले अंग्रेजी भनाई ‘Two wrongs don’t make a right’ लाई उद्धृत गर्दै लेखेका छन् ।

उनी अगाडि लेख्छन्, ‘समस्या व्यक्तिको नभएर विचारको हो । यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म बीचको हो ।इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ । खाँचो नयाँ विचारको हो ।’

लामो समयसम्म डा.भट्टराई, प्रचण्ड र विप्लव एउटै पार्टीमा रहेका थिए । हाल डा. भट्टराई पुरानो पार्टी र विचारको सहायताले गणतन्त्र स्थापित गर्दै जनताको हातद्वारा नयाँ संविधान लेखिसकिएको भन्दै नयाँ अवस्थामा समृद्धिकरणको नेतृत्वको लागि नयाँ विचारको आवश्यकता छ भन्दै नयाँ पार्टी खोलेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob