scheduleमगलवार जेष्ठ ७ गते, २०७६

न्यूजील्याण्डमा श्रृ‌खलाबद्ध बन्दुक हमला, क्रिकेट टिमद्वारा खेल रद्द

एजेन्सी, १ चैत । न्यूजिल्याण्डको क्राइस्टचर्चमा बन्दुक हमला भएको छ । शहरको दुईवटा मस्जिदमा भएको बन्दुक हमलामा कयौंको हताहत भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीले फेसबुक लाइभ गर्दै हमला गरेका छन् । बन्दुकधारीको हमलामा परी ३० जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

न्यूजिल्याण्डका प्रहरी कमिसार माइक बुशका अनुसार उक्त हमला संलग्न भएको आशंका चार मानिसलाई हिरासतमा लिइएको छ, जसमध्ये तीन पुरुष र एक महिला रहेका छन् । अहिलेसम्म सम्भावित खतरा कम भएको बारे प्रशासनले स्पष्ट पार्न सकेको छैन ।

उनका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट महत्वपूर्ण काजगात फेला परेका छन् । उनले भने, ‘यो एकदमै सुनियोजित हमला हो । घटनामा अत्यधिक हतियारको प्रयोग गरिएको थियो । आज कोही मस्जिद जाँदै हुनुहुन्छ भने त्यहाँ नजानुहोस् । हामीले अर्को सूचना नदिएसम्मको घरका ढोकाहरु बन्द राख्नुहोस् ।

अहिलेसम्म प्रहरीले यो आतंककारी हमला हो कि होइन भन्नेबारे केही स्पष्ट पारेको छैन ।

डबलिन एयरपोर्ट प्रशासनका अनुसार हलमलापछि डबलिन र क्राइस्टचर्चबीचका सबै उडान रद्द गरिएका छन् ।

न्यूजिल्याण्ड क्रिकेट टिमले बंगलादेश क्रिकेट खेल रद्द भएको जनाएको छ । उनीहरुले ट्वीट गर्दै भनेका छन्, ‘हमलामा प्रभावित मानिस र परिवारप्रति हाम्रो समवेदना छ । हामीले बंगलादेश क्रिकेट यात्रा रद्द गरेका छौं । दुवै देशका क्रिकेट बोर्डहरुले आपसी सहमतिमा यस्तो निर्णय गरेको हो । टिम र सहयोगी कर्मचारीहरु सबै सुरक्षित छौं ।’

हमलाको बेला बंगलादेशी क्रिकेटरहरु नमाज पढ्न मस्जिद गएका थिए । उनीहरु सबै सुरक्षित रहेका छन् ।

बन्दुकधारीले हमला गरिरहेको बेला बंगलादेशी क्रिकेटरहरु त्यहीँ थिए । नमाज पढ्न सुरु गर्नै लाग्दा मस्जिदभित्र गोली चलेको थियो । कतिपयले बंगलादेशी क्रिकेटरकै अगाडि प्राण त्यागेका थिए । त्यहाँबाट निस्किएका खेलाडीहरु १० मिनेटभित्रै होटेल पुगेका थिए ।

उनीहरुले सबै खेलाडी सुरक्षित भए पनि मानसिक तनावग्रस्त अवस्थामा रहेको उल्लेख गरेका छन् ।

घटनामा स्कुले बच्चाहरु सबै सुरक्षित रहेको र सबैलाई शान्त रहन र यो भयानक घटनाक्रमलाई पार लगाउन सबैले सहकार्य गर्न स्थानीय प्रशासनले अपिल गरेको छ ।

को हुन् हमलाकारी ?
न्यूजिल्याण्ड प्रहरीका अनुसार, हमलाकारी अष्ट्रेलियाली युवक २८ वर्षीय ब्रेन्टन टैरेन्ट हुन् । डेली मेलमा प्रकाशित खबरका अनुसार उसले मस्जिदमा पसेर फेसबुक लाइभ गर्दै हमला सुरु गरेका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोका अनुसार ती हमलाकारीले मस्जिदमा सुतिरहेका मानिसमाथि निरन्तर हमला गरिरहेको देखिन्छ ।
अहिले फेसबुक र ट्वीटरमा उक्त भिडियोलाई ब्लक गरिएको छ ।

हेर्नुहोस् भिडियो-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob