scheduleशनिवार जेष्ठ ११ गते, २०७६

अब राहदानी विभागको कार्यालय समय ९ देखि ५ बजे सम्म

काठमाडाैं, १ चैत । राहादानी   विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिदै कार्यालय समय थप गरेको जनाएको छ । थपिएको समयले सेवाग्राहीले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने विस्वास गरिएको छ ।

यसअघि १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय आज २०७५ चैत १ देखि बिहान ९ बजे खुल्ने र साँझ ५ बजे बन्द हुने भएको छ ।

आइतबारदेखि बिहिबार सम्म ९-५ बजे सम्म खुल्नेछ भने शुक्रबार ३ बजे सम्म मात्रै काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिनदेखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob