scheduleशनिवार जेष्ठ ११ गते, २०७६

भारतीय अदालतद्वारा क्रिकेटर श्रीसंतको प्रतिबन्ध फुकुवा

काठमाडौं, १ चैत । भारतीय क्रिकेटर एस श्रीसंतमाथिको आजीवन प्रतिबन्ध फुकुवा भएको छ । भारतीय सर्वोच्च अदालतले उनीमाथि लगाइएको प्रतिबन्ध हटाइदिएको हो।

सन् २०१३ मा म्याच फिक्सिङ गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले श्रीसंतलाई आजीवन प्रतिबन्ध लगाएको थियो।

उनीसहित ३६ जना आइपिएलको म्याच फिक्सिङमा संलग्न भएका थिए।

भारतीय सर्वोच्च अदालतले आजीवन प्रतिबन्धको सजाय बढी भएकाले आगामी तीन महिनाभित्र श्रीसंतको कुरा सुन्न र सोही अनुसानको कारबाही तय गर्न आदेश जारी गरेपछी उनको प्रतिबन्ध हट्ने भएको हो ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob